राजनीति


कुलिङ पिरियडको छानबिन समितिमाथि ठूला दलका शीर्ष नेताले हस्तक्षेप गरे : सांसद कुँवर

कुलिङ पिरियडको छानबिन समितिमाथि ठूला दलका शीर्ष नेताले हस्तक्षेप गरे : सांसद कुँवर

फाइल तस्बिर


नेपालखबर
साउन २०, २०८२ मंगलबार १४:१०, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले कुलिङ पिरियडका सम्बन्धमा गठित छानबिन समितिमाथि ठूला दलका शीर्ष नेताहरुले हस्तक्षेप गर्नु गलत रहेको दाबी गरेका छन्।

मंगलबार प्रतिनिधि सभाको आकास्मिक समयमा बोल्दै ठूला दलका ठूला नेता र उच्चपदस्थ कर्मचारीको नेतृत्वबाट छानबिन समितिमा हस्तक्षेप हुनु राम्रो नभएको बताए।

‘असार २३ मा बनेको संसदीय छानविन समितिको सीमा सकिसकेको छ, अझै प्रतिवेदन आएको छैन,’ कुँवरले भने, ‘सुनिँदैछ, छानबिन समितिमा पनि ठूला दलका ठूला नेताबाट हस्तक्षेप भएको र कर्मचारीको शीर्ष नेतृत्वबाट पनि हस्तक्षेप भएको भन्नेछ। यदी यो हो भने खेदजनक छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad