नेकपा (माओवादी केन्द्र) ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पार्टी एकता गर्ने भएको छ।
‘विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय भएको छ,’ सापकोटाले भने, ‘छिटै वार्ता सम्पन्न गर्ने समिति बनाएर भन्ने निर्णय भएको छ।’
त्यस्तै नेकपा एकीकृत समाजवादीसँग पनि पार्टी एकताका लागि छलफल भइरहेको बताएको छ।
समाजवादी मोर्चालाई नै पार्टी एकीकरणमा रुपान्तरण गर्ने लक्ष्य माओवादी केन्द्रको रहेको पनि प्रवक्ता सापकोटाले बताए।
‘माधवजीको पार्टीसँग पनि समाजवादी मोर्चामा उहाँ हुनुहुन्छ, त्यहाँ छलफल चलिरहेको छ,’ उनले भने, ‘निष्कर्षमा पुगिसकेको छैन। छलफल चल्दैछ। हाम्रो पार्टीको तर्फबाट सकेसम्म मोर्चालाई नै पार्टी एकीकरणमा रुपान्तरण गर्ने प्रयत्न हुन्छ।’
Shares

प्रतिक्रिया