राजनीति


भुइँ मान्छेका मुद्दा समेटेर कांग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल

भुइँ मान्छेका मुद्दा समेटेर कांग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल

नेपालखबर
साउन ७, २०८३ बिहिबार १६:५६, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई आम जनता र ‘भुइँ मान्छे’का समस्यासँग जोड्दै नयाँ शिराबाट अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।

४४औँ बीपी स्मृति दिवसका अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री पौडेलले बीपी कोइरालाको समयमा जस्तै कांग्रेसलाई सबै वर्ग र समुदायको साझा अभियानका रूपमा विकसित गर्नुपर्ने बताएका हुन्।

महामन्त्री पौडेलले बीपी कोइरालाको नेतृत्वमा कांग्रेसले समाजका हरेक मुद्दालाई स्पष्ट रूपमा बोकेको स्मरण गरे।

परिवर्तित परिस्थितिमा कांग्रेसले नयाँ संकल्प र अभियानका साथ अघि बढ्नुपर्ने बताउँदै उनले पार्टीलाई सिर्जनात्मक र संगठित बनाउने प्रयास भइरहेको उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad