कर्णाली


अविरल वर्षाका कारण मुगुको छायाँनाथमा ९ घर भत्किए

अविरल वर्षाका कारण मुगुको छायाँनाथमा ९ घर भत्किए

नेपालखबर
साउन १९, २०८२ सोमबार १७:९, सुर्खेत

अविरल वर्षाका कारण मुगुको छायाँनाथ रारा नगरपालिका-१० चराप गाउँमा ९ घर भत्किएका छन्। साउन ११ गतेदेखि अविरल वर्षातका कारण ९ घरमा क्षति भएको हो। 

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार छायाँनाथ रारा नगरपालिका-१० चराप गाउँका चार घर पूर्ण र पाँच घर आंशिक रूपले क्षति हुँदा ९ घर परिवार घरविहीन भएका छन्।

प्रहरीका अनुसार लगातार परेको वर्षातले साउन १४ गते बेलुका ५ बजेतिर चार घर भत्किँदा थिए। 

साथै उक्त घरहरू भत्किँदा सँगै जोडिएका अन्य पाँच घरमा आंशिक क्षति पुगेको छ। 

स्थानीयका अनुसार घरहरू भत्किँदा मानवीय क्षति नभए पनि घरभित्र रहेका अन्न, भाँडाकुँडालगायत अन्य उपभोग्य सामग्री नष्ट भएको छन्।

९ घर परिवारहरु स्थानीय आफन्त तथा छिमेकिको घरमा बस्दै आएका छन्। पीडितहरूले कुनै राहत नपाएको गुनासो गरेका छन्। 

यता जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले राहत उपलब्ध गराउँनका लागि केही ढिलाइ स्वीकार गरे। 

भएको बताए।

उनले स्थानीय तह राहत कार्यविधि २०८१ अनुसार पालिकाले तत्काल राहत उपलब्ध गराउन अनुरोध गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad