नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले स्थायी कमिटी बैठकमा पार्टीका सबैखाले एजेन्डाहरुमाथि छलफल भएको बताएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
उनले सबैखाले एजेण्डाहरुमा पार्टीमा वृहत छलफल भएको बताए। उनले राजनीतिक, सांगठनिक सबैखाले विषयहरुमा छलफल भएको बताए।
उनले भने, ‘सबै एजेण्डाहरुमा पार्टीमा गम्भीर छलफल भयो। वैचारिक, राजनीतिक सांगठनिक, विधि सबैमा छलफल भए। छलफलको उच्च निष्कर्ष निस्किएको छ।’
माओवादी केन्द्रको स्थायी कमिटी बैठकले तराई मधेसमा देखिएको पानीको संकटप्रति ध्यानाकर्षण भएको जनाएको छ।
795
Shares

प्रतिक्रिया