राजनीति


बहुविवाहलाई प्रोत्साहन गर्न खोजेका होइनौँ: कानुनमन्त्री

बहुविवाहलाई प्रोत्साहन गर्न खोजेका होइनौँ: कानुनमन्त्री

नेपालखबर
साउन १८, २०८२ आइतबार १३:५९, काठमाडौँ

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सरकारले बहुविवाहलाई प्रोत्साहन गर्न नखाेजेकाे बताएका छन्। 

आइतबार नेपाल महिला संघको ज्ञापन पत्र बुझ्दै मन्त्री चौरसियाले सरकारले बहुविवाहलाई प्रोत्साहन गर्ने गरी कानून नबनाउने बताएका हुन्।

अवैध सम्बन्धबाट गर्भ रहँदा जन्मिएको सन्तानको अधिकार सुनिश्चित गर्नका लागि कानून संशोधन गर्न लागेकाे दाबी गर्दै मन्त्री चाैरसियाले यसमा पुरुष वा महिला जो कोही दोषी पाइए पनि उसलाई कारबाही गर्नेगरी कानून निर्माण गर्न लागिएकाे तर्क गरे।

‘मेरा पनि छोरीहरू छन्। महिलालाई गाह्रो हुनेगरी कानून  बनाउँदैनाैँ,’ उनले भने।

निश्चित परिस्थितिमा बहुविवाहलाई मान्यता दिनेगरि सरकारले कानुन संशोधन गर्न लागेपछि केतिपयले त्यसको विरोध गरिरहेका छन्। 

खासगरि कानुन मन्त्रालयले विवाहित पुरुषले अर्की महिलासँग सम्बन्ध विस्तार गर्दा गर्भ रहे वा बच्चा जन्मिए दोस्रो विवाह कायम हुने गरी संहिताको धारा १७५ संशोधन गर्न लागेपछि यसले चर्चा पाएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad