राजनीति


पार्टी एक भए बहुमत आउँछ: शेरबहादुर देउवा

पार्टी एक भए बहुमत आउँछ: शेरबहादुर देउवा

नेपालखबर
साउन १६, २०८२ शुक्रबार १७:१७, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा समावेशी लोकतन्त्र रहेको बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले नेपालको संविधानले महिला, आदिवासी, जनजाति, दलित सबैलाई जोडेको उल्लेख गरेका हुन्।

उनले समावेशी संविधानका बाबजुत कुनै पनि पार्टीको बहुमत नआउने अवस्था रहेको बताए। 

‘यो देशका सबैलाई जोड्ने किसिमको संविधान छ । यसमा महिलाहरु, दलित, जनजाति, आदिवासी सबैलाई प्रतिनिधित्व राखेको छ,' उनले भने, 'हाम्रो देशमा समावेशी लोकतन्त्र भन्दा हुन्छ। यस्तो राम्रो व्यवस्था छ। एउटा समस्या छ। समस्या के हो भने यो संविधानले गर्दा कुनैपनि पार्टीको बहुमत आउँदैन। कुनै न कुनै पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने हुन्छ, कुनै न कुनै पार्टीसँग मिलेर सरकारमा जानुपर्ने हुन्छ।'

उनले थपे, 'कुनै पनि पार्टीको स्पष्ट बहुमत आउँदैन। तैपनि पार्टी एक भएर अघि बढेको खण्डमा बहुमत आउन पनि सक्दछ। सबै मिलेर हामी हिँड्यौँ भने हाम्रो देश अघि बढ्न सक्छ। समावेशितामा आधारित सबैको देशको रुपमा स्थापित भएको छ।’

सभापति देउवाले नेपालका थारु समुदायहरु जुनसुकै अफ्ठ्यारो परिस्थितिमा पनि देशप्रति इमान्दारिताका साथ अघि बढेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad