कर्णाली


कर्णाली सरकारद्वारा पहिलो पटक ३०५ जना स्थानीय कर्मचारीको सरुवा (सूची)

कर्णाली सरकारद्वारा पहिलो पटक ३०५ जना स्थानीय कर्मचारीको सरुवा (सूची)

नेपालखबर
साउन १६, २०८२ शुक्रबार १७:१७, सुर्खेत

संघीयतापछि कर्णाली प्रदेश सरकारले पहिलो पटक स्थानीय तहका कर्मचारीहरूको सरुवा गरेको छ। कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा कार्यरत ३०५ जना कर्मचारीलाई सरुवा गरेको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सुर्खेतका अनुसार हालै जारी स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन–२०८१ संशोधित ऐनको अधिकार प्रयोग गर्दै बिहीबार कर्मचारीहरूको सरुवा गरिएको हो।

यसअघि ऐन नहुँदा कर्णाली प्रदेशका स्थानीय तहका कर्मचारीको सरुवा हुन सकेको थिएन। 

सरुवा हुनेमा अधिकांश सहायक स्तरका चौथो र पाँचौं तहका कर्मचारीहरू छन्। सूचीमा प्रशासन सहायक, सब–इन्जिनियर, अनमी, सीअहेब, प्राविधिक सहायक (कृषि÷शिक्षा)र लेखा सहायक जस्ता पदका कर्मचारीको संख्या ठूलो छ। 

साथै, प्रशासकीय अधिकृत, इन्जिनियर र शाखा अधिकृत जस्ता अधिकृतस्तरका कर्मचारीहरूलाई पनि सरुवा भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad