नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले 'विधानविपरीत' बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने बताएकी छन्।
बिहीबार सिंहदरबारमा कृषि समितिको बैठकबाट बाहिरिने क्रममा उनले राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षसँग मात्रै हुने बताइन्। आफूले कुनै भेला आह्वान नगरेको उनको भनाइ छ।
श्रेष्ठले पार्टीको विधानअनुसार आफू अझै अध्यक्षको भूमिकामै रहेको दाबी गरिन्। 'म निरन्तर काममा हिँडिरहेकी छु, पार्टीभित्रको विवादबारे केही थाहा छैन, कुनै भेला पनि मैले बोलाएकी छैन,' उनले भनिन्।
नाउपाको साधारण सदस्यसमेत खोस्ने निर्णयपछि अध्यक्ष रञ्जिता भन्छिन्- हास्यास्पद, हास्यास्पद
336
Shares

प्रतिक्रिया