कारोबार


दीपेन्द्र अग्रवाललाई अदालतले दिएन म्याद, हाजिरी जमानीमा रिहा

दीपेन्द्र अग्रवाललाई अदालतले दिएन म्याद, हाजिरी जमानीमा रिहा

नेपालखबर
साउन १४, २०८२ बुधबार २१:२२, काठमाडौँ

सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई काठमाडौं जिल्ला अदालतको अनुमतिमा हाजिरी जमानीमा रिहा गरिएको छ।

ठगी र विश्वासघातको कसुरमा पक्राउ परेका अग्रवाललाई अदालतले म्याद थप्न अस्वीकार गरेको हो। 

काठमाडौँ जिल्ला अदालतले म्याद थप नदिएको र हाजिरी जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।

अग्रवालले एक व्यक्तिबाट करिब ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोप छ र नेपाल धितोपत्र बोर्डले अनुसन्धान गरिरहेको छ।

धनुषाको जनकपुर उपमहानगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१० बस्दै आएका ६० वर्षीय दिनेशप्रसाद साहलाई ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा उनी पक्राउ परेको हुन्।

उनले १५ वटा कारोबार व्यवस्थापन प्रणाली खातामार्फत सेयर मूल्य नियन्त्रण गरी ठगी गरेको र धितोपत्र ब्रोकरसँगको भुक्तानीमा अनियमितता गरेको उजुरी परेको छ।

अग्रवाललाई प्रहरीले ५ साउनमा टोखाबाट पक्राउ गरेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad