राजनीति


भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बने : सांसद शर्मा

भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बने : सांसद शर्मा

नेपालखबर
साउन १४, २०८२ बुधबार १४:५७, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बनेको टिप्पणी गरेका छन्।

राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै उनले मुलुकमा भ्रष्टाचार बढ्नुमा मुख्य दोषी स्वयं सरकार भएको आरोप लगाए। भ्रष्टाचार नियन्त्रण गर्न सरकारले कडा कदम चाल्न नसके मुलुक कालोसूचीमा पर्ने चेतावनी समेत शर्माले दिए।

‘अहिले राष्ट्रको मुख्य समस्या भ्रष्टाचार बनेको छ, भ्रष्टाचारको मुख्य दोषी सरकार नै हुन्छ,’ उनले भने, ‘सरकार र भ्रष्टाचार अहिले पर्यायवाची बनेका छन्। सरकारले समस्या अन्यत्र होइन आफैंभित्र खोज्न सक्नुपर्छ। यसलाई रोक्न नसक्दा देश र जनता बर्बादीको दिशामा गइरहेका छन्। यसलाई समयमै रोक्न नसक्ने हो भने देश ग्रे लिष्टमा निस्किने होइन कि सिधै ब्ल्याक लिष्टमा जाने अवस्था आउन सक्छ। भ्रष्टाचार नियन्त्रण गर्न विशेष कदम चाल्न र सम्पत्ति छानबिन गर्न प्रक्रिया अगाडि बढाइयोस् म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad