राजनीति


विमानस्थलको जिम्मा निजी क्षेत्रलाई दिँदा सुरक्षा संवेदनशीलतालाई ख्याल गरियोस्: सांसद खनाल

विमानस्थलको जिम्मा निजी क्षेत्रलाई दिँदा सुरक्षा संवेदनशीलतालाई ख्याल गरियोस्: सांसद खनाल

नेपालखबर
साउन १३, २०८२ मंगलबार १४:५४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ मा निजी क्षेत्रलाई पनि समेटिएको भन्दै राष्ट्रिय सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन्। 

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्। समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सदस्यहरूसँग छलफल भएको थियो। 

उनले विधेयकले निजी क्षेत्रले पनि विमानस्थल व्यवस्थापन गर्नसक्ने प्रावधान राखिएको बताए। उनले निजी क्षेत्रलाई दिँदा थप स्पष्टता जरुरी रहेको बताए। सरकारले कसरी सुपरीवेक्षण गर्छ, राष्ट्रिय सुरक्षाको संवेदनशीलतालाई हरेर मात्रै निजी क्षेत्रलाई विमानस्थलको व्यवस्थापन निजी क्षेत्रलाई दिन सकिने उनको भनाइ थियो। 

‘यो विधेयकले निजी क्षेत्रले पनि एयरपोर्ट म्यानेज गर्नसक्ने किसिमको प्रावधान राखेको छ। तर दुई कुरामा बढी ध्यान दिनुपर्छ,' उनले भने, 'निजी क्षेत्रलाई दिँदै गर्दा स्पष्टता, टिओरदेखि सरकारले कसरी सुपरीवेक्षण गर्दछ भनेर जानुपर्छ। राष्ट्रिय सुरक्षाको संवेदनशीलतालाई पनि हेर्नुपर्छ। कुन एयरपोर्ट दिने कसलाई नदिने भन्नेकुरामा ध्यान दिनुपर्छ। दोहोरो भूमिका हुनसक्ने स्थानहरूमा परिमार्जन गर्नुपर्छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad