सग्तानी ग्रुप, लाइफ आइसक्रिम मेसिनरिज र नेपाल–इटाली उद्योग वाणिज्य संघ (निक्की) को सहकार्यमा ‘नेपालमा आइसक्रिम उत्पादनको रूपान्तरण’बारे अन्तर्क्रिया आयोजना गरिएको छ।
काठमाडौंमा यससम्बन्धी कार्यक्रम आयोजना गरिएको हो।
उक्त कार्यक्रममा नेपाल र इटालीका खाद्य उद्योगका विज्ञहरू, उद्यमीहरू र सरोकारवालाहरूको उल्लेखनीय सहभागिता थियो।
इटालीका प्रमुख ब्रान्डहरू लाइफ, टेक्नोइस, पाकिन्ट र कोल्डकारले उत्पादनदेखि ढुवानीसम्मका अत्याधुनिक, दिगो र प्रभावकारी प्रविधिहरू प्रदर्शन गरेका थिए।
यो सहकार्यले नेपालमा फ्रोजन डेजर्ट उद्योगको विकासमा नयाँ चरणको सुरुआत गर्नुका साथै नेपाल–इटालीबीचको औद्योगिक तथा व्यापारिक सम्बन्धलाई थप मजबुत बनाएको जनाइएको छ।
27
Shares

प्रतिक्रिया