राजनीति


नेपालको सामाजिक सुरक्षालाई आईएलओले रोलमोडल मानेको छ: श्रममन्त्री भण्डारी

नेपालको सामाजिक सुरक्षालाई आईएलओले रोलमोडल मानेको छ: श्रममन्त्री भण्डारी

नेपालखबर
साउन १२, २०८२ सोमबार १४:४८, काठमाडौँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालको सामाजिक सुरक्षा योजना अन्तर्राष्ट्रिय रुपमै गर्व गर्न लायक रहेको बताएका छन्।

आइतबार सामाजिक सुरक्षा कोषले आयोजना गरेको ‘सामाजिक सुरक्षा कोषमा वृहत आवद्धता अभियानको लागि सामाजिक सुरक्षा कोष र नेपाल बार एसोसिएसनबीच सम्झौतामा हस्ताक्षर कार्यक्रम’ मा मन्त्री भण्डारीले यस्तो बताएका हुन्।

उनले आफू केही दिनअघि आईएलओ (अन्तर्राष्ट्रिय श्रम संगठन) को बैठकमा सहभागी भएको जानकारी दिँदै मन्त्री भण्डारीले अन्तर्राष्ट्रिय मञ्चबाट नेपालको सामाजिक सुरक्षा योजनाप्रति प्रशंसा गरिएको सुनाए। 

मन्त्री भण्डारीले भने, ‘म भर्खर आईएलओ को जेनेभामा आईएलओको मिटिङमा थिएँ। नेपालको सामाजिक सुरक्षा प्रणाली र सामाजिक सुरक्षाकोषको लिडरसिपलाई अहिले आईएलओले रिजनल टाइपुनको रुपमा नेपालको सामाजिक सुरक्षालाई हाम्रो एशिया जिसीजी कन्ट्रीलाई नेपालको सामाजिक सुरक्षालाई रोलमोडलको रुपमा अगाडि बढाउन खोजिरहेका छन्। त्यो नेपालीले गर्व गर्ने विषय छ।’

मन्त्री भण्डारीले हरेक नेपालीलाई अवकाशपछि पेन्सन पाउने अवस्थामा लैजान खोजेको स्पष्ट पारे। मानिसहरू अवकासपछिको जीवनको सुरक्षाका लागि सरकारी जागिर खोजिरहेको उल्लेख गर्दै श्रम बजारमा वार्षिक आउने ५ लाखमध्ये एक लाखले मात्रै सरकारी जागिर पाइरहेको उल्लेख गरे।

बाँकी चार लाख मानिसहरू जो जुन क्षेत्रमा कार्यरत रहन्छन्, त्यहीँ नै सामाजिक सुरक्षामा आवद्ध गराएर सरकारी सेवाजस्तै उनीहरूको जीवन सुरक्षित बनाउन चाहेको बताए। उनले अनौपचारिक क्षेत्र, स्वरोजगारको क्षेत्र अथवा अन्य कुनै क्षेत्र भएपनि सबैलाई सामाजिक सुरक्षा कोषबाट दिनसक्ने स्थिति बनाउने पनि प्रष्ट पारे।

मन्त्री भण्डारीले समाजमा हेरेकले भोलि पेन्सन पाउनुपर्छ र पाउँछ भन्ने कुराको सुरुवात सामाजिक सुरक्षा प्रणालीले गरेको भन्दै त्यो उसैको योगदानबाट मात्रै सम्भव हुने उल्लेख गरे। 

राज्यको योगदानबाट सामाजिक सुरक्षा हुन सम्भव नरहेको मन्त्री भण्डारीको भनाई थियो। राज्यको भर पर्दा स्वास्थ्य बीमाले दुर्गती भोग्नुपरेको उदाहरण पेश गर्दै उनले व्यक्तिको आफ्नै योगदानबाट मात्रै सामाजिक सुरक्षा हुनसक्ने स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad