राजनीति


अख्तियारको बेरुजु शून्य, सचिव भन्छन्ः कानुनअनुसार काम गरे बेरुजु रहँदैन

अख्तियारको बेरुजु शून्य, सचिव भन्छन्ः कानुनअनुसार काम गरे बेरुजु रहँदैन

नेपालखबर
साउन १२, २०८२ सोमबार १४:५५, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बेरुजु शून्य देखिएको छ।

प्रत्येक वर्ष ठूलो मात्रमा बेरुजु बढिरहेका बेला अख्तियारको भने बेरुजु शून्य देखिएको हो।

सोमबार सार्वजनिक लेखा समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायण शर्मा दुवाडीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अहिलेसम्म बेरुजु कुनैपनि नरहेको जानकारी दिए। उनले कानुनको परिपालना गरेर कार्यसम्पादन गर्ने हो भने कुनैपनि बेरुजु नरहने बताए।

सचिव दुवाडीले भने, ‘कानुनअनुसार काम गरेकै कारण बेरुजु नआएको हो। इमान्दारीतापूर्वक कानुनको परिपालना गरौँ। बेरुजु रहन्न। निकायहरूमा अहिले धेरै बेरुजु देखिने गरेको छ। सबै बेरुजु भ्रष्टाचार नभएपनि बेरुजु एक भ्रष्टाचारको सुरुआत हो। कतिपय बेरुजु भ्रष्टाचारमा परिणत भएका छन्। अख्तियार समेत आकर्षित हुने गरेको छ।’

उनकाअनुसार बेरुजु फर्छ्यौट गर्न कानूनको परिपालना गर्नैपर्छ भने व्यवस्थित लेखा प्रणाली नहुनु पनि बेरुजु बढ्नुको एक कारण हो।

कमजोर कारबाही प्रणाली, बेरुजु फर्छ्यौट गर्ने दायित्व कसको हो भन्नेबारे दुविधा रहनु, बारम्बार कर्मचारी परिवर्तनले पनि फर्छ्यौटमा समस्या पारेको उनको भनाई छ।

सचिव दुवाडीकाअनुसार औचित्य पुष्टी नहुने गरी अनेक शिर्षकमा बजेटमा राखिने भएकाले पनि बेरुजु बढेको हो। बेरुजु फर्छ्यौट शासकीय इस्यु भएकाले पनि शून्य बेरुजु कायम गर्नेगरी अघि बढ्नुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad