भारतले लकडाउन अवधि लम्ब्याएको छ।
त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै आगामी मे ३ तारिख अर्थात् वैशाख २१ गतेसम्म लकडाउन लम्ब्याइएको घोषणा गरेका हुन्।
सबै पक्षसँगको छलफलपछि लकडाउन तीन साता बढाउने निर्णय गरिएको मोदीले बताएका छन्।
यसअघि घोषणा गरिएको तीन हप्ते लकडाउन बुधबार सकिँदै छ।
पहिलेभन्दा अझ बढी सतर्कता अपनाउन भारतीय प्रधानमन्त्री माेदीले आम नागरिकलाई आग्रह गरेका छन्। अबकाे लकडाउन अझ कठोर बनाइने उनले बताएका छन्।
‘केही समयअगाडि भारतकै जस्तो अवस्थामा रहेका देशको अवस्था अहिले खराब भएको छ भने भारत सम्हालिएको अवस्थामा छ,’ मंगलबार बिहान टेलिभिजनमार्फत देशवासीका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले भने, ‘समयमै निर्णय नगरेकाे भए भारतको अवस्था के हुन्थ्यो भन्ने सम्झँदा पनि डर लाग्छ।’
मलाई थाहा छ, तपाईंहरूलाई कत्ति समस्या भइरहेको छ,’ सम्बोधनमा मोदीले भनेका छन्, ‘तर तपाईंहरू अनुशासित सिपाहीलेजस्तै देशका लागि दायित्व निर्वाह गरिरहनु भएको छ।’
सामाजिक दूरी र लकडाउनबाट ठूलो फाइदा भएको भएको उल्लेख गर्दै मोदीले अगाडि भने, ‘आर्थिक दृष्टिकोणले यो निर्णय महँगो देखिए पनि जीवनका अगाडि त्यो ठूलो कुरा होइन।’
याे पनि:
भारतमा एकै दिन साढे १२ सय कोरोना संक्रमित थपिए, मृतकको संख्या ३५८

प्रतिक्रिया