समाज


पोखरा महानगरले दियो कास्कीका ४ गाउँपालिकालाई १०/१० थान पीपीईई

पोखरा महानगरले दियो कास्कीका ४ गाउँपालिकालाई  १०/१० थान पीपीईई

वाशुदेव मिश्र
बैशाख २, २०७७ मंगलबार ५:५१,

पोखरा महानगरपालिकाले कास्कीका ४ वटै गाउँपालिकालाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प्रदान गरेको छ।

मंगलबार महानगरले कास्कीका रुपा, मादी, अन्नपूर्ण र माछापुच्छ्रे गरी चार गाउँपालिकालाई १०/१० थान पीपीई हस्तान्तरण गरेको हो ती पीपीई स्वास्थ्यकर्मीले प्रयोगमा ल्याउनेछन्।

महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरलाई, उपप्रमुख मञ्जुदेवी गुरुङले माछापुच्छे« गाउँपालिका वडा नम्बर २ का अध्यक्ष विक्रम गुरुङलाई र प्रमुख प्रशासकीय अधिकृत धु्रवकुमार पोखरेलले रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु पोखरेल र मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटालाई ती सामग्री हस्तान्तरण गरेका हुन्।

प्रमुख जिसीले केही महानगर आफैँले र केही दाताहरुबाट पीपीई व्यवस्थापन गरी गाउँपालिकासहित ८ संस्थालाई वितरण गरेको जानकारी दिए। व्यक्तिगत सुरक्षा सामग्री नहुँदा स्वास्थ्यकर्मीलाई काम गर्न समस्या भएकाले महानगरले पीपीई व्यवस्थापन गरेको र यसले स्वास्थ्यकर्मीको मनबोल बढाउने विश्वास महानगरले लिएको जिसीको भनाइ छ। जिसीले करिब १६ लाखको पीपीई खरिद गरी विभिन्न संघ संस्थालाई उपलब्ध गराइएको जानकारी दिए।

पीपीई बुझ्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले महानगरले गरेको सहयोग सह्रानीय रहेको बताउँदै पीपीई नहुँदा गााउँपालिकाका कार्यरत स्वास्थ्यकर्मीलाई काम गर्न समस्या परेकोमा अब भने सहज हुने बताए। महानगरले यसअघि गण्डकी प्रदेश सरकारलाई १ सय थान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १ सय थान पीपीई हस्तान्तरण गरिसकेको छ भने शिशुवा अस्पताललाई ४० वटा, मातृशिशु मितेरी अस्पताललाई ४० थान उपलब्ध गराइसकेको छ।

महानगरले आठ वटा संस्थालाई गरी ३ सय २० थान पीपीई हस्तान्तरण गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad