राजनीति


बागमतीका मुख्यमन्त्री लामामाथि अविश्वासको प्रस्ताव दर्ता हुँदै, बानियाँलाई २४ सांसदको साथ

बागमतीका मुख्यमन्त्री लामामाथि अविश्वासको प्रस्ताव दर्ता हुँदै, बानियाँलाई २४ सांसदको साथ

इन्द्रबहादुर बानियाँ


सुनिता विष्ट
साउन ९, २०८२ शुक्रबार १५:३३, हेटौँडा

बागमती प्रदेशको मुख्यमन्त्री बन्न इन्द्रबहादुर बानियाँलाई बाटो खुला भएको छ। बागमती प्रदेश सभामा रहेका कांग्रेसका ३७ सांसदमध्ये २४ जनाले बागमती संसदीय दलको नेता चयनको लागि चुनाव गर्न हस्ताक्षर बुझाएका छन्। यसैका लागि सरकारमा रहेका ४ मन्त्रीरूले समेत मन्त्री पदबाट राजीनामा दिएका छन्। 

अन्य २० सांसद र ४ मन्त्री गरी २४ सांसदहरूले दलको नेताको चुनाव गरेर नयाँ मुख्यमन्त्री चयन गर्न दबाब स्वरुप हस्ताक्षर बुझाएका हुन्। मुख्यमन्त्री लामाले प्रदेश सरकारको नेतृत्व गरेको आज एक वर्ष पूरा भएकै दिन कांग्रेस सांसदहरूले मुख्यमन्त्री फेर्ने प्रक्रियाअघि बढाएका हुन्। ९ साउन २०८१ मा लामाले मुख्यमन्त्री पदको सपथ खाएका थिए। 

उनी तत्कालीन अवस्थामा मुख्यमन्त्री बन्दा मकवानपुरका सांसद इन्द्रबहादुर बानियाँलाई वर्ष दिनपछि पद छोड्नुपर्ने लिखित सहमति भएको बताइएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको सहमतिअनुसार मुख्यमन्त्री लामाले राजीनामा नदिएपछि सांसदहरू र मन्त्री आफैँले दबाब दिनुपरेको प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठले बताए। 

इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउन आफूहरूले मन्त्री पदबाट राजीनामा दिएको बताउँदै मन्त्री श्रेष्ठले अबको केहीबेरमा मुख्यमन्त्री लामालाई अविश्वासको प्रस्ताव दर्ता गराउन मुख्यमन्त्री कार्यालय जान लागेको जानकारी दिए। 

उनीसँगै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन र संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीले राजीनामा बुझाएका हुन्।

१४ वटा मन्त्रालय रहेको बागमतीमा मुख्यमन्त्री लामा सहित ८ जना सरकारमा सहभागी थिए। यी ४ जना बाहेक सामाजिक विकास मन्त्री हरिप्रभा खड्की, आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, खानेपानी तथा उर्जा सिंचाइँ मन्त्री श्याम खड्काले भने राजीनामा दिएका छैनन्। अहिले आफूहरू मौन बसेको उनीहरूको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad