राजनीति


निर्यातमा इतिहासकै उच्च विन्दु हासिल : प्रधानमन्त्री ओली

निर्यातमा इतिहासकै उच्च विन्दु हासिल : प्रधानमन्त्री ओली

नेपालखबर
साउन ८, २०८२ बिहिबार ११:५१, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्षमा २०८१/२०८२ मा  निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको बताएका छन्।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत आव २०८१/२०८२ मा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको जानकारी गराए।

आफू प्रधानमन्त्री हुनुअघि अघिल्लो वर्ष नेपालको कूल निर्यात १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख मात्र रहेको उनले उल्लेख गरे।

प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘यस वर्ष निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको छ। २ खर्ब ७७ अर्ब ३ करोड २ लाखको निर्यात गर्न हामी सफल भएका छौँ। हामी सरकारमा आउनुभन्दा अगाडि अघिल्लो वर्ष १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाखको निर्यात भएको थियो। गत वर्षको तुलनामा ८१ दशमलव ८० प्रतिशत निर्यात बढेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad