राजनीति


भिजिट भिसादेखि मन्त्रीको ‘घुस डिल’सम्मको छानबिनका लागि न्यायिक आयोग बनाउन लिङ्देनको माग

भिजिट भिसादेखि मन्त्रीको ‘घुस डिल’सम्मको छानबिनका लागि न्यायिक आयोग बनाउन लिङ्देनको माग

फाइल तस्बिर


नेपालखबर
साउन ७, २०८२ बुधबार १३:३३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भिजिट भिसादेखि मन्त्रीहरुको ‘घुस डिल’प्रकरणसम्मको छानबिन गर्न न्यायिक आयोग बनाउन माग गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो भनाइ राख्दै ती सबैको छानबिन हुनुपर्ने माग गरे। ‘अब भिजिट भिसाको बारेमा मात्रै होइन, यी दर्जनौं मन्त्रीका बारेमा बाहिर कुरा आइरहेको छ,’ लिङ्देनको भनाइ छ, ‘भ्रष्टचारमा संलग्नताको विषय आइरहेको छ। बजार भाउ बढाएर कमिसन खाएको कुरा आइरहेको छ। ती सबैको छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन हुनुपर्छ।’

आयोग नबनेसम्म आफूहरुको संसद्‍मा विरोध भइरहने र त्यसलाई सरकारले बेवास्ता गरे सडकबाट प्रतिवाद गर्ने समेत चेतावनी दिए। ‘तबसम्म हामी यो संसद्‍मा यसप्रकारको विरोध गरिराख्छौँ,’ लिङ्दनेको चेनावनी छ, ‘यो सरकारले यिनीहरू यस्तै हो भन्ने ठान्छ भने हामी सडकबाट टुंगो लगाउनेतिर जान्छौँ। समय आउने बित्तिकै हामी सडकबाट प्रतिवाद गर्छौं। सरकार समयमै सच्चियोस् र संवाद गरोस्। न्यायिक छानबिन आयोग गठन गरोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad