राजनीति


मधेसमा पानी नभएर घर छोड्दा समेत सरकार जिम्मेवार भएन : सांसद कंशाकार

मधेसमा पानी नभएर घर छोड्दा समेत सरकार जिम्मेवार भएन : सांसद कंशाकार

फाइल तस्बिर


नेपालखबर
साउन ७, २०८२ बुधबार १३:४८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्दबासिनी कंशाकारले मधेसमा खानेपानीको अभावका कारण स्थानीय बासिन्दा घर छोड्न बाध्य हुँदा पनि सरकार गैरजिम्मेवार भएको बताएकी छिन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद कंशाकारले पानीको हाहाकार भएको बारा, पर्सा र महोत्तरी जानुपर्ने मन्त्रीहरू विदेश भ्रमणमा व्यस्त रहेको भन्दै आपत्ति जनाइन्।

भिजिट भिसामार्फत भइरहेको संगठित मानव तस्करीविरुद्ध आफूहरु ४८ दिनदेखि आवाज उठाइरहेको भएपनि सरकारले नजरअन्दाज गरेको उनको भनाइ छ। भिजिट भिसा दुरुपयोगको अनुसन्धानका लागि संसदीय छानविन विशेष समिति वा उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने उनको माग छ।

‘मधेसमा पिउने पानीका लागि मानिसहरू घर छोड्न बाध्य छन्, तर मन्त्रीहरू विदेश भ्रमणमै मस्त छन्,’ कंशाकारले भनिन्, ‘बारा, पर्सा, महोत्तरी पुग्नुपर्ने अर्जेन्सी सरकालाई छैन। संसद्‍मा हामी ४८ दिनदेखि उभिएका छौं। भिजिट भिसाको नाममा हुने संगठित तस्करीबारे सरकारलाई खबरदारी गरिरहेका छौं। तस्करको सेटिङ नभत्किएको आजकै राष्ट्रिय दैनिकहरुमा छापिएको छ। भ्रष्ट र तस्करहरू सरकारसँग डराएका छैनन्।’

उनले भिजिट भिसा दुरुपयोगसम्बन्धी छानबिन गर्न संसदीय समिति नबनेसम्म आन्दोलन जारी रहने बताइन्।

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad