माओवादी केन्द्रका नेता तथा सांसद् सुदन किराँतीले सुनसरीको धरानमा बनाइएको आफ्नो सालिक कसैले नदेख्ने र नभेट्ने गरी गाडिदिन आग्रह गरेका छन्।
पूर्वमन्त्रीसमेत रहेका किराँतीले बुधबार बिहान सामाजिक सञ्जालमा घुमाउरो स्टाटस लेख्दै धरानमा निर्माण गरिएको आफ्नो सालिक कसैले नदेख्ने र कसैले कहिल्यै नभेट्ने गरि गाडिदिन स्थानीय सरकारसँग माग गरेका हुन्।
‘धरानमा मेरो सालिक बनाइदिनुहुने सबैलाई हृदय भित्रबाटै उच्च सम्मान गर्दछु,’ फेसबुकमा उनले लेखेका छन्, ‘सबैमा स्मरण रहोस्, मलाई मेरो सालिक बनाउने चाहना अहिले पनि छैन र पछि पनि हुने छैन। साँच्चै भन्नुपर्दा मान्छेको सालिक बनाउने र सालिकलाई पूजा गर्ने संस्कृतिको सिद्धान्ततः म विरोधी हुँ। फेरि मैले शालिक बनाउनु पर्ने किसिमको देशलाई योगदानपनि के नै पो गरेको छु र? त्यसैले त्यो बनाइएको सालिक कसैले नदेख्ने ठाउँमा र कसैले कहिल्यै नभेट्नेगरि लगेर गाडिदिनु हुन स्थानीय सरकार धरानसँग माग गर्दछु।’

Shares

प्रतिक्रिया