राजनीति


कांग्रेस नेता निधि र इजरायली राजदूतबीच भेटवार्ता

कांग्रेस नेता निधि र इजरायली राजदूतबीच भेटवार्ता

नेपालखबर
साउन ६, २०८२ मंगलबार १२:९, काठमाडौँ

नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि र नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासबीच मंगलबार भेटवार्ता भएको छ। 

निधि निवास नयाँ बानेश्वरमा भएको भेटमा नेपाली विद्यार्थी विपिन जोशीको रिहाइ, इजरायल र नेपालवीचको सम्बन्ध, इजरायलमा नेपाली विद्यार्थीको ‘अर्न एन्ड लर्न’ लगायतका विषयमा कुराकानी भएको छ।

भेटमा हमासको नियन्त्रणमा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशीलाई पहिलो प्राथमिकतामा राखेर रिहाइका लागि पहल गर्न ध्यानाकर्षण गराएका थिए। राजदूत बासले जोशी सकुशल रहे नरहेको बारे अहिलेसम्म आफूहरुलाई जानकारी नभएको बताएका थिए। 

यूनमा रहेका १८ वटा प्रस्तावहरुका सम्बन्धमा नेपालले इजरायलको पक्षमा मतदानको नीति अख्तियार गर्न आग्रह गर्दै मतदान गर्न नसक्ने अवस्था रहेमा अनुपस्थितको नीति अबलम्बन गर्नका लागि निधिसंग राजदूत बासले आग्रह गरेका थिए। 

इजरायलको स्थापनादेखि नै नेपालले इजरायललाई मान्यता दिँदै आएको र द्धिपक्षीय सम्बन्ध जारी राख्दै आएको निधिले बताउँदै प्यालेस्टिनीलाई पनि नेपाल सरकारको मान्यता रहेको निधिले बताएका थिए। 

‘अर्न एन्ड लर्न’ कार्यक्रमबाट नेपाली विद्यार्थीहरू लाभान्वित भएको तर हाल रोकिएको यो कार्यक्रम पुनः संचालन गर्न नेपाल तयार रहेको पनि नेता निधिले जानकारी गराएका थिए। 

उनले नेपाल र इजरायलबीच सन् १९६० मा स्थापना भएको द्विपक्षीय सम्बन्धको स्मरण गर्दै इजरायलले नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति तथा कृषि, श्रम र सुरक्षाका क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरे। 

निधि र राजदूतबीच मधेश प्रदेशमा कृषि क्षेत्रमा लगानीको सम्भावनाका बारेमा सकारात्मक कुराकानी भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad