झापामा आज बिहान घरमा आगो लाग्दा चारजना घाइते भएका छन्।
मंगलबार बिहान हल्दीवारी गाउँपालिका- ४ ओली चोकमा रहेको पुण्यप्रसाद ओलीको तीनतले पक्की घरको दोस्रो तल्लाको भान्सा कोठाबाट फैलिएको आगोले चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
आगलागीमा परेर घरधनी ६० वर्षीय पुण्य प्रसाद ओली, उनका छोरा ३३ वर्षीय सन्तोष ओली, बुहारी ३२ वर्षीया अनिता र कान्छा छोरा २० वर्षीय आर्यन ओली घाइते भएका हुन्।
रोटी पकाउने क्रममा ग्याँसबाट अचानक आगो सल्किँदा भान्सा कोठामा आगो लागेको प्रहरीले जनाएको छ। आगो निभाउने क्रममा परिवारका सबै घाइते भएका हुन्।
उनीहरुलाई ओमसाई पाथीभारा अस्पताल भद्रपुरमा सामान्य अपचार गरि थप उपचारको लागि विराटनगर रिफर गरिएको छ।
आगलागीबाट भान्सा कोठामा मात्र आंशिक क्षेती भएको प्रहरीले जनाएको छ।
घटनापछि कञ्चनश्रीबाट खटिएको प्रहरी टोली र स्थानीयले आगलागी नियन्त्रणमा लिएका छन्। घाइतेमध्ये घरधनी पुन्यसादलाई बढी चोट लागेको पहरीले जनाएको छ।
Shares

प्रतिक्रिया