राजनीति


द्वन्द्व व्यवस्थापन र शान्ती प्रक्रिया टुंग्याउन राजनीतिक दलको भूमिका असाधारणः बर्तौला

द्वन्द्व व्यवस्थापन र शान्ती प्रक्रिया टुंग्याउन राजनीतिक दलको भूमिका असाधारणः बर्तौला

नेपालखबर
साउन ४, २०८२ आइतबार १७:१२, काठमाडौँ

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नेपालको द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय भएको बताएका छन्।

आइतबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले सशस्त्र द्वन्द्व अन्त्यपछि शान्ति प्रक्रियालाई अघि बढाउन राजनीतिक दलहरूको साझा पहल र सहमतिले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ। 

टिरआसी विधेयक पास भइसकेको उल्लेख गर्दै बर्तौलाले पीडितलाई न्याय र पीडकलाई कारबाही गर्ने कुराको सुनिश्चितता गरेको पनि उल्लेख गरे।

‘नेपालको द्वन्द्वलाई व्यवस्थापन गर्न र शान्ती प्रक्रियालाई व्यवस्थापन गर्नको लागि राजनीतिक दलहरुले गरेको साझा पहल, प्रयत्न र भूमिका असाधारण छ, यसले हजारौं द्वन्द्वपीडितहरुलाई न्यायको सुनिश्चितता गरेको छ,’ बर्तौलाको भनाइ छ, ‘पीडकहरुलाई कानुनी दायरामा ल्याउने कुराको पनि सुनिश्चितता गरेको छ। अहिले विश्वका धेरै देशहरुले त्यहाँको द्वन्द्व व्यवस्थापन गर्दै शान्ती प्रक्रिया टुंग्याउनका लागि धेरै कसरत गर्नुपरेको अवस्थामा हामीले गरेको कामको विषय प्रतिवेदनमार्फत विश्वमञ्चमा लैजानुपर्छ।’

नेपालले शान्ति प्रक्रिया सफलतापूर्वक अघि बढाएको अनुभवलाई अन्तर्राष्ट्रिय समुदायमा प्रस्तुत गर्नुपर्ने उनको मत छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad