राजनीति


ओली पनि पुगे च्यासल

ओली पनि पुगे च्यासल

नेपालखबर
साउन ४, २०८२ आइतबार १६:१२, काठमाडौँ

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेका छन्। ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग उनको सदस्यतालगायतका विषयमा छलफल गर्न च्यासल गएका हुन्। 

ओली-भण्डारीको भेट दिउँसो ३ बजेका लागि तय भएको भनिए पनि ढिलो गरी सुरु हुन लागेको हो। भण्डारी ३:३० बजे च्यासल पुगेकी थिइन् भने ओली ४ बजे मात्रै पुगेका थिए। 

पार्टीको राजनीतिमा फर्किएकी भण्डारीको सदस्यता नवीकरणको विषयमा एमालेमा विवाद बढ्दो छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad