राजनीति


केपी ओलीसँग छलफल गर्न च्यासल पुगिन् विद्या भण्डारी

केपी ओलीसँग छलफल गर्न च्यासल पुगिन् विद्या भण्डारी

नेपालखबर
साउन ४, २०८२ आइतबार १५:३५, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गर्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको केन्द्रीय कार्यालय च्यासल पुगेकी छन्।  

छलफल ३ बजेका लागि तय भएको भनिए पनि भण्डारी ३:३० बजे मात्रै च्यासल पुगेकी छन्। दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकमा भण्डारीको राजनीतिमा आगमनबारे देखिएको विवाद समाधान गर्न अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारी छलफलमा बस्नुपर्ने सुझाव धेरै पोलिटब्युरो सदस्यले दिएका थिए। 

च्यासलमा उनलाई उपाध्यक्ष सुरेन्द्र पाण्डे, कार्यालय सचिव डा भीष्म अधिकारीलगायतले स्वागत गरे। भण्डारी अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे कार्यकक्षमा छिन्। ओली भने अझै पुगिसकेका छैनन्।

बैठकमा प्राप्त सुझावलाई ख्याल गर्दै अध्यक्ष ओलीले बैठकमा आफूले भण्डारीसँग भेट्ने बताएका थिए। ५ गते बस्न लागेको केन्द्रीय कमिटी बैठकअघि नै यसलाई टुंग्याउनुपर्ने 'म्यान्डेट'अनुसार ओलीले भण्डारीसँग छलफल गर्न लागेका हुन्।  

यो भेटपछि नै भण्डारीलाई पार्टीमा दिने जिम्मेवारी र उनको सदस्यता नवीकरणको विषय टुंगिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad