राजनीति


प्रविधिको विकासले सामाजिक जीवनलाई चुनौती दियो: चन्द्र भण्डारी

प्रविधिको विकासले सामाजिक जीवनलाई चुनौती दियो: चन्द्र भण्डारी

फाइल तस्बिर


नेपालखबर
साउन ४, २०८२ आइतबार १३:३१, काठमाडौँ

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले प्रविधिको बढ्दो विकासले आम मानिसको सामाजिक जीवनलाई चुनौती दिँदै गएको बताएका छन्। 
प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा मिडिया काउन्सिल विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद भण्डारीले यस्तो बताएका हुन्। 

उनले बढ्दो प्रविधिको विकासले सामाजिक-सांस्कृतिक जीवनमा समेत नकारात्मकता बढ्दै गएको बताए। उनले कानुनले मात्र सञ्चार क्षेत्रलाई नियमन र नियन्त्रण गर्न खोज्न नहुनेमा जोड दिए।

‘अहिले  प्रविधिको विकासले हामी जुन समाजमा जसरी चलेका थियौं, जसरी संस्कृति र सम्बन्ध विस्तारमा थियौँ। त्यसलाई अत्यन्तै चुनौती दिएको छ। हामीलाई चल्नलाई निकै गाह्रो भएको छ। अहिले नासाले के काम गरिरहेको छ उतिखेरै थाहा हुन्थ्यो। हामीले कानूनले मात्र नियमन र नियन्त्रण गर्न खोजिरहेका छौँ। यो अत्यन्तै खराब छ,' उनले भने, 'हामीले अहिलेको आर्टिफिसियल इन्टेलिजेन्सको सदुपयोग गर्न सकेनौं भने त्यसले मानव जीवन नै समाप्त पार्न सक्छ। हामीले तथ्यपरक न्युजलाई कसरी ल्याउने? यो विषयमा सोच्नुपर्‍यो। यसलाई पाठ्यक्रममा राखेर हुन्छ कि कसरी भन्ने कुरामा राज्य गम्भीर हुनुपर्‍यो। एउटा मिडियाले दिएको न्युज, सत्य, उत्तरदायी हुने कि नहुने? सञ्चार क्षेत्रले अधिकार खोज्दा जिम्मेवारी लिनुपर्ने कि नपर्ने? सञ्चार सम्प्रेषण र कानुनी अधिकार गर तर अरुलाई क्षविक्षत् नगर भन्ने अधिकार दिनुपर्‍यो। अहिले जे पनि गरिदिएको छ। यसको लागि यो विधेक आएको छ। यसलाई सकारात्मक रुपमा लिनुपर्छ। विधेयकमा कर्मचारीको मात्र कुरा राखेको छ। सबै विधेयकमा यस्तै छ। यहाँ त समाचारको विषयमा पो हुनुपर्‍यो।’

सांसद भण्डारीले विधेयकमा कर्मचारी व्यवस्थापनको विषय मात्र प्रवेश गराइएको भन्दै आपत्ति जनाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad