Nepal Khabar TV


सौगातसँग सुहागरातको सिन गर्दा गाह्रो भयो, धेरै टेक खाइयोः बेनिशा हमाल(भिडिओ)


नेपालखबर
साउन ४ , काठमाडौँ

अभिनेत्री बेनिशा हमालले रिलिजको तयारीमा रहेको फिल्म ‘सिटामोल’मा सुहागरातको सिन गर्दा गाह्रो भएको बताएकी छन् । नेपालखबर शो ‘लेट्स टक’मा उनले अपोजिटमा रहेका सौगात मल्लसँग यो सिन गर्दा धेरै टेक खानुपरेको खुलाइन् । 

‘सुहागरातको सिन गर्न गाह्रो भएको थियो,’ उनले भनिन्, ‘सिनलाई पैसासँग रिलेट गरिएको छ  । पैसाले पात्रलाई कसरी आकर्षण गर्छ भन्ने टिजर हेर्दा पनि थाहा हुन्छ । जति चिजले उत्सुकता बढाउन सक्छ, त्यति मात्रै टिजरमा राखिएको छ । यो सिन गर्दा पैसासँगै श्रीमान्सँगको सुहागरातको इमोसन्स पनि थियो । त्यसैले धेरै टेक खानुपरेको थियो ।’ यो फिल्ममा बेनिशा र सौगात पति–पत्नीका भूमिकामा देखिँदैछन् ।  ‘सिटामोल’ साउन २३ मा रिलिज हुँदैछ । 

हेर्नुहोस् बेनिशासँगको ‘लेट्स टक’ :

साउन ४, २०८२ आइतबार १३:३९

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad