राजनीति


एमाले पोलिटब्युरो बैठकमा पार्टी र नेतृत्वविरुद्ध फेसबुकमा लेख्नेलाई कारबाही गर्न माग

एमाले पोलिटब्युरो बैठकमा पार्टी र नेतृत्वविरुद्ध फेसबुकमा लेख्नेलाई कारबाही गर्न माग

नेपालखबर
साउन ३, २०८२ शनिबार १२:३२, काठमाडौँ

नेकपा एमालेको जारी पोलिटब्युरो बैठकमा पार्टी र नेतृत्वविरुद्ध फेसबुकमा लेख्ने पार्टीका नेतालाई कारबाही गर्न माग गरिएको छ। 

एमाले केन्द्रीय कार्यालय च्यासलमा जारी दोस्रो दिनको बैठकमा स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले ‘पार्टी र नेतृत्वविरुद्ध फेसबुकमा जे पायो त्यही लेख्ने नेतालाई कारबाही गर्न’ माग गरेका हुन्।

७० वर्षे उमेरहद र दुई कार्यकालभन्दा बढी दोहोरिन नपाउने व्यवस्था विधानबाट हटाउने सचिवालयको निर्णय पुनर्विचार गर्न माग गरिरहेका एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कर्ण थापाले सामाजिक सञ्जालमार्फत पनि आफ्नो फरक विचार प्रस्तुत गरिरहेका छन्। 

अहिले पोलिटब्युरो बैठकमा विधान संशोधनको प्रस्तावमा नेताहरूले धारणा राख्ने क्रम चलिरहेको छ। 

पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बैठक आजै सकाउने तयारी रहेको जानकारी दिए।

‘अहिलेसम्म ६ जनाले बोलिसके’, उनले भने, ‘आजै बैठक सकाउने तयारी छ।’  

बैठकको पहिलो दिन शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रस्ताव पेस गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad