राजनीति


एमाले पोलिटब्युरो बैठक आज पनि, विधान संशोधनबारे बाँकी नेताले धारणा राख्ने

एमाले पोलिटब्युरो बैठक आज पनि, विधान संशोधनबारे बाँकी नेताले धारणा राख्ने

नेपालखबर
साउन ३, २०८२ शनिबार ८:१३, काठमाडौँ

नेकपा एमालेको पोलिटब्युरो बैठक आज (शनिबार) पनि जारी रहने छ।

एमाले केन्द्रीय कार्यालय (च्यासल) मा शुक्रबार दिउँसो सुरु बैठक छलफल नसकिएकाले दोस्रो दिन शनिबार पनि जारी रहने भएको हो।

खासगरी पार्टीको विधान संशोधनबारे बिहीबार सचिवालय बैठकले गरेका निर्णय अनुमोदनका लागि एमालेले पोलिटब्युरो बैठक राखेको हो।

बैठकमा पहिलो दिन शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रस्ताव पेस गरेका छन्। 

विधान संशोधन प्रस्तावमा शुक्रबार ७ नेताले धारणा राखेका छन। अब आज बाँकी नेताले यस विषयमा विचार राख्नेछन्। 

दोस्रो दिनको बैठक बिहान ११ बजे सुरु हुने एमाले नेताहरूले बताएका छन्। 

७० वर्षे उमेरहद र दुई कार्यकालभन्दा बढी दोहोरिन नपाउने व्यवस्था विधानबाट हटाउने विषयमा सचिवालयमा जस्तै पोलिटब्युरो बैठकमा पनि नेताहरूबीच चर्काचर्की परिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad