राजनीति


बाबुरामको तर्क: सुरु सुरुका राष्ट्रपति-उपराष्ट्रपतिको व्यवहार पछिसम्म नजीर बन्छ

बाबुरामको तर्क: सुरु सुरुका राष्ट्रपति-उपराष्ट्रपतिको व्यवहार पछिसम्म नजीर बन्छ

नेपालखबर
साउन २, २०८२ शुक्रबार २१:४५, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले भर्खरै गणतन्त्रमा प्रवेश गरेको मुलुकका राष्ट्रपति, उपराष्ट्रपतिको व्यवहार पछिसम्म नजीर बन्ने बताएका छन्। 

देश, जनता र दलहरूको अभिभावकको रूपमा निर्वाचित संवैधानिक राष्ट्रपतिको व्यवस्था गरेको मुलुकमा सुरु सुरुका राष्ट्रपतिहरू र उपराष्ट्रपतिहरूले कस्तो परम्परा कायम गर्छन् भन्ने कुराले दीर्घकालीन महत्व राख्ने भट्टराईको भनाई छ।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा (माओवादी केन्द्र) को उपाध्यक्ष बनिसकेका र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई नेकपा एमालेको राजनीतिमा फर्किएको घोषणा गरेको सन्दर्भमा बाबुरामको यस्तो टिप्पणी आएको हो। 

शुक्रबार साँझ सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै डा. भट्टराईले राष्ट्रपति र उपराष्ट्रपतिको काम, कर्तव्य र अधिकार स्मरण गराएका छन्। साथै, उक्त कार्य कुनै दल वा समूहको पक्ष विपक्षमा नभइ तटस्थता कायम रहनुपर्ने स्पष्ट पार्दै उनले अवकाशपछि पनि यस्तै तटस्थता कायम रहनुपर्ने उल्लेख गरेका छन्। 

उनले छिमेकी मुलुक भारतको उदाहरण दिँदै राष्ट्रपति भइसकेको व्यक्ति फेरि राजनीतिमा फर्किएको नपाइएको बताएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad