राजनीति


राप्रपा उपाध्यक्षबाट बर्खास्त गिरी भन्छन्: यस्तो अन्याय अन्य साथीलाई नपरोस्

राप्रपा उपाध्यक्षबाट बर्खास्त गिरी भन्छन्: यस्तो अन्याय अन्य साथीलाई नपरोस्

फाइल तस्बिर: मुकुन्दश्याम गिरी र राजेन्द्र लिङ्देन


नेपालखबर
साउन २, २०८२ शुक्रबार २२:९, काठमाडौँ

मुकुन्दश्याम गिरीले आफूलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उपाध्यक्ष पदबाट हटाइएकामा दु:खी त भएको तर हतोत्साही नभएको बताएका छन्।

शुक्रबार (साउन २ गते) गिरीलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको उपाध्यक्षका साथै केन्द्रीय सदस्यबाट समेत हटाएका हुन्। 

यसपछि गिरीले सामाजिक सञ्जालमार्फत राप्रपाका नेताहरूलाई सम्बोधन गर्दै अपिल जारी गरेका हुन्। 

उनले लेखेका छन्, ‘पार्टीभित्रको गतिविधिको वैधानिक समाधानका लागि गरिएको अपिललाई लिएर मेरो राजनीतिक जीवनमाथि नै खेलबाड गर्ने र मैले पार्टीका लागि लगानी गरेको सम्पूर्ण योगदान, त्याग र तपस्याप्रति पार्टी नेतृत्वले लिएको विधानविपरीतको निर्णयबाट दुःखी त बनाएको छ तर म राप्रपाको स्थापनाकालदेखिको एकजना सिपाही भएको कारण म हतोत्साही भएको छैन। साथै मेरो पार्टीप्रतिको जिम्मेवारी थप मजबुत भएको छ।’

यस्तो छ, गिरीको पूरा अपिल:

राष्ट्रिय प्रजातन्त्र पार्टीका साथीहरूमा अपिल
राप्रपाको स्थापनाकै दिन २०४७ जेष्ठ १५ गतेदेखि आफ्नो जीवनको सम्पूर्ण ऊर्जाशील समय केवल पार्टीकै हितमा काम गरेर आएको छु। त्यसै क्रममा पार्टीको केन्द्रीय उपाध्यक्ष, कार्यसम्पादन समितिको सदस्य र केन्द्रीय निर्देशन समितिको सदस्यसमेत रहेर कार्य गरेको थिएँ। २०४३ सालमा प्रधानपञ्च र सुर्खेतको वीरेन्द्र नगरपालिकाको मेयरसमेत रहेर जनताको सेवा गरेको थिएँ। 

पार्टीभित्रको गतिविधिको वैधानिक समाधानका लागि गरिएको अपिललाई लिएर मेरो राजनीतिक जीवनमाथि नै खेलबाड गर्ने र मैले पार्टीका लागि लगानी गरेको सम्पूर्ण योगदान, त्याग र तपस्याप्रति पार्टी नेतृत्वले लिएको विधानविपरीतको निर्णयबाट दुःखी त बनाएको छ तर म राप्रपाको स्थापनाकालदेखिको एकजना सिपाही भएको कारण म हतोत्साही भएको छैन। साथै मेरो पार्टीप्रतिको जिम्मेवारी थप मजबुत भएको छ।

राप्रपाको सुदृढीकरण र उद्देश्य पूर्तिका लागि म सदैव देशभरिका सबै साथीहरूको साथमा रहने छु। यस प्रकारको अन्याय अन्य साथीहरूलाई नपरोस् भन्नेतर्फ म सजग छु। पार्टी नेतृत्वको अन्यायको पक्षमा रहने कि नरहने सबै साथीहरूको जिम्मामा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad