नेकपा (एमाले)का प्रधानमन्त्री केपी शर्मा ओलीले विधान निर्माण गर्ने काममा पार्टीको नेतालाई रचनात्मक र सकारात्मक भूमिका खेल्न निर्देशन दिएका छन्।
ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आज भएको पार्टीको पोलिटब्युरो बैठकमा ओलीले अहिलेको विकसित राजनीतिक घटनाक्रम, सरकार र विधानका बारेमा बोल्दै अहिले पार्टीको मुख्य काम विधान महाधिवेशन र विधि निर्माण काम भएकोले नेतालाई रचनात्मक र सकारात्मक भूमिका खेल्न निर्देशन दिएका हुन्।
यस्तै बैठकमा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै महासचिव शङ्कर पोखरेलको पार्टीको सङ्गठनात्मक क्षेत्र बलियो बन्दै गइरहेको बताए।
उनले पार्टी संगठित सदस्य १५ प्रतिशतले बढेको जानकारी गराएका थिए।
'अहिलेको पार्टी सदस्यता, नविकरण हेर्दा खेरी झण्डै १५ प्रतिशत बढेको भन्ने जानकारी गराउनुभयो, तथ्याङ्क आउने क्रम जारी छ। सबै तथ्याङ्क आएपछि सार्वजनिक गर्दछौँ,' उनले भने,'पार्टी संगठित सदस्य बढेकोमा हामी उत्साही भएका छौँ।'
बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमाथि आज सात जनाले आआफ्नो धारणा राखे
विधान संशोधन प्रस्तावमा पार्टीको विधान (२०७८ संशोधन) को धारा ६४ मा रहेको ७० बर्ष उमेर हद र दुई कार्याकाल व्यवस्था हटाउने राखिएको छ।
यस्तै विधान संशोधन प्रस्तावमा पदाधिकारी सङ्ख्या १५ जना सहित केन्द्रीय कमिटीको सङ्ख्या २५१ रहने राखिएको छ। यस्तै विधान संशोधन प्रस्तावमा स्थायी कमिटी, पोलिटब्युरो कमिटी र केन्द्रीय कमिटी गरि तीन तह रहने व्यवस्था गरिएको छ।
यस्तै विधान संशोधन प्रस्तावमा पार्टीको पदाधिकारी सङ्ख्यालाई स्थायी कमिटी मान्ने निर्णय गरिएको छ। यसअघि पदाधिकारीलाई सचिवालय सदस्यको रुपमा मानिएको थियो।
पार्टीमा सदस्य र सङ्गठित सदस्य गरी दुई खालका सदस्य हुने प्रस्ताव गरिएको छ। जनसङ्गठनमा आवद्ध रहेका सदस्यलाई खारिँदै आएपछि पार्टीले प्रशिक्षित गरेर मात्र सङ्गठित सदस्य दिने भन्ने प्रस्ताव छ। बैठक भोलि विहान ११ बजे बस्ने गरी सकिएको छ।
Shares

प्रतिक्रिया