माधव कुमार नेतृत्वको नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच एकता घोषणा भएको छ। आज शुक्रबार दुई पार्टीबीच एकता घोषणा भएको हो।
एकता घोषणा समारोहलाई सम्बोधन गर्दै गौतमले आफू आज ज्यादै खुसी रहेको बताए। उनले अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालसँग अंकमाल गरी खुसी व्यक्त पनि गरे। गौतमलाई नेपाल, खनालसहितका नेताले खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।











216
Shares

प्रतिक्रिया