राजनीति


एमाले आदेशबाट होइन, विधिबाट चलाऔँ: कर्ण थापा

एमाले आदेशबाट होइन, विधिबाट चलाऔँ: कर्ण थापा

नेपालखबर
साउन २, २०८२ शुक्रबार १२:२२, काठमाडौँ

नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टी विधिबाट सञ्चालन गर्नुपर्ने बताएका छन्।

बिहीबार बसेको पार्टी सचिवालय बैठकले पदाधिकारी संख्या घटाउने, उमेरहद ७० वर्षे प्रावधान खारेज गर्ने, कार्यकारी पदमा २ कार्यकाल मात्र बस्न पाउने व्यवस्था खारेज गर्नेसहितका निर्णय गरेपछि थापाले यस्तो प्रतिक्रिया दिएका हुन्। 

उनले पार्टी अध्यक्ष केपी शर्माको नेतृत्वमा पारित भएका दस्तावेजहरूमाथि बहस आवश्यक रहेको पनि बताएका छन्। 

'लामो समयको बहसबाट पार्टी नेतृत्व र सञ्चालन सम्बन्धि स्थापित लाेकतान्त्रिक मान्यता पालना गर्ने कि व्यक्तिको पदीय आकांक्षा पूरा गर्न तोड्ने गम्भीर बहसको सुरूवात भएको छ, एमालेको सचिवालयको बैठकमा,' उनले भने, 'कमरेड अध्यक्षको नेतृत्वमा पारित भएका दस्तावेज अगाडि राखेर बहस गरौँ। आदेशबाट होइन, विधिबाट पार्टी सञ्चालन गर्न अन्तर संघर्षलाई सघन बनाऔँ । मर्यादा र सिष्टताका सीमालाई सबैले पालना गरौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad