नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेमा विधि निर्माणको अन्योल अन्त्य भएको प्रतिक्रिया दिएका छन्।
गएराति एमाले सचिवालय बैठकले एमालेमा पदाधिकारीको संख्या १९ बाट १५ मा झार्ने र आगामी भदाैमा हुने विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्या भण्डारीलाई रोक लगाउने निर्णय गरेको सन्दर्भमा पोखरेलले यस्तो अभिव्यक्ति सार्वजनिक भएकाे हाे।
शुक्रबार बिहान सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘विधि निर्माणको अन्योल अन्त्य भएको छ। मिसन-८४ का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी आवश्यक थियो। त्यो सुनिश्चित भएको छ।’

एमाले सचिवालय बैठकले दसौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिले मात्रै भदौमा हुने विधान महाधिवेशन सहभागी हुन पाउने निर्णय गरेको छ। एमाले सचिवालयकाे याे निर्णयले भण्डारीलाई एमालेकाे भदाै तेस्राे साता हुने विधान महाधिवेशनमा प्रतिनिधि बन्ने र आगामी महाधिवेशनमा भाग लिने बाटाे बन्द भएकाे छ।
Shares

प्रतिक्रिया