राजनीति


विद्या भण्डारीलाई एमालेको विधान महाधिवेशनमा रोक

विद्या भण्डारीलाई एमालेको विधान महाधिवेशनमा रोक

फाइल तस्बिर: पूर्वराष्ट्रपति विद्या भण्डारी


नेपालखबर
साउन २, २०८२ शुक्रबार ८:३५, काठमाडौँ

नेकपा एमालेको सचिवालय बैठकले दसौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिले मात्रै भदौमा हुने विधान महाधिवेशनमा सहभागी हुन पाउने निर्णय गरेको छ। 

मध्यराति सम्पन्न एमाले सचिवालय बैठकले गरेको यो निर्णयसँगै पूर्वराष्ट्रपति विद्या भण्डारी विधान महाधिवेशनमा सहभागी हुन नपाउने देखिएको छ।

एमालेका उपमहासचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार सचिवालय बैठकले केन्द्रीय सदस्य स्वत: राष्ट्रिय महाधिवेशनका प्रतिनिधि हुन पाउने र विधान महाधिवेशनका हकमा यसअघिका प्रतिनिधि मात्र सहभागी हुन पाउने व्यवस्था यथावत् राख्ने निर्णय गरेको हो। 

थपिएका नयाँ केन्द्रीय सदस्य आयोजकको हैसियतमा मात्र विधान महाधिवेशनमा सहभागी हुने पाउने निर्णय भएको उनले बताएका छन्।

दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारीले पार्टी सदस्यता नवीकरण गरेर एमालेको अध्यक्ष पदमै लड्ने चर्चा भइरहेका बेला उनलाई विधान महाधिवेशनमा पनि सहभागी हुन नपाउने गरी निर्णय भएको हो। 

यसैगरी एमाले सचिवालय बैठकले पूर्वराष्ट्रपति भण्डारीका पक्षमा खुलेर लागेका ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद पनि खारेज गरेको छ। 

एमाले सचिवालय बैठकले पार्टीको पदाधिकारी संख्या १९ बाट घटाएर १५ मात्र राख्ने निर्णय गरेको छ। 

यसमा अब पार्टीमा अध्यक्ष, महासचिव र उपमहासचिव, पाँच जना उपाध्यक्ष र सात सचिव रहने अनौपचारिक सहमति भएको एमालेका एक पदाधिकारीले जानकारी दिएका छन्। 

यो पनिमध्यरातका निर्णय: अब एमालेमा पदाधिकारी १५, उमेर हद र सचिवालय खारेज

विद्या भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरे पनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले यसलाई सार्वजनिक रूपमै अस्वीकार गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad