राजनीति


राप्रपामा हक खोज्दा जनआन्दोलन समिति संयोजक पद धरापमा

राप्रपामा हक खोज्दा जनआन्दोलन समिति संयोजक पद धरापमा

फाइल तस्बिर: नवराज सुवेदी र स्वागत नेपाल


नेपालखबर
असार ३१, २०८२ मंगलबार १४:१३, काठमाडौँ

स्वागत नेपालले नवराज सुवेदी आफ्नो पुरानै पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा फर्कन चाहेकाले अब ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को नयाँ संयोजक चयन गरिनुपर्ने आशय व्यक्त गरेका छन्।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको अनुशासन समितिको संयोजकबाट हटाएपछि त्यही पद कायम गरी पाऊँ भनी सुवेदीले आइतबार  (असार २९ गते) निर्वाचन आयोगमा उजुरी दिएपछि नेपालले सोमबार मध्यराति विज्ञप्ति जारी गरी अब उनी यता राजावादी आन्दोलनको संयोजक नरहेको दाबी गरेका हुन्। 

‘समितिका संयोजकज्यूलाई सबैका साझा व्यक्तित्वका रूपमा उहाँले पार्टीको आबद्धता परित्याग गर्नुभएको घोषणापश्चात् ४४ वटा पार्टी, अभियान र संघसंस्थाहरूले स्वीकार गर्नुभएको थियो तर पुनः पार्टीकै जिम्मेवारीमा रहन चाहनु भएपछि आन्दोलनले पुनः स्वतन्त्र संयोजनकारी भूमिका निर्वाह गर्ने सामूहिक प्रयास खोजेको छ’ ,नेपालले विज्ञप्तिमा लेखेका छन्, ‘उहाँले आफू आफ्नो पूर्ववत् पार्टीको जिम्मेवारीमै रहन चाहनु भएको अभिव्यक्ति दिनु पूर्वसम्मको भूमिकाका लागि उहाँमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्न कसैले कञ्जुस्याइँ गर्नु हुँदैन।’

तर स्वागत नेपाल तिनै व्यक्ति हुन्, जसले केही समयअघि ‘बुढाहरूले राजा फर्काउन नसक्ने’ भन्दै जनआन्दोलन समितिबाट बाहिरिएको घोषणा गरेका थिए। अहिले विज्ञप्तिमा उनले आफूलाई ‘संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता’ भनी लेखेका छन्। 

उता अध्यक्ष लिङ्देन पक्षका नेताहरूले भने सुवेदीले सार्वजनिक रूपमै राप्रपा त्यागको घोषणा गरेकाले फेरि त्यही पद दाबी गर्न नमिल्ने दाबी गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad