राजनीति


एमालेनिकट बौद्धिक परिषद्ले दक्षिण एसियाली प्रगतिशील बुद्धिजीवीहरूको सम्मेलन गर्ने

एमालेनिकट बौद्धिक परिषद्ले दक्षिण एसियाली प्रगतिशील बुद्धिजीवीहरूको सम्मेलन गर्ने

प्रचार सचिव टीका ढकाल


नेपालखबर
असार ३०, २०८२ सोमबार २०:२९, काठमाडौँ

नेपाल बौद्धिक परिषद्ले नेकपा एमालेप्रति अहिले घेराबन्दी भइरहेको निष्कर्षसहित पार्टीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने बताएको छ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी परिषद्ले नेपाल र नेपालीको सर्वाङ्गिण विकासका लागि योजना, सपना र प्रतिबद्धता भएको एक मात्र पार्टी एमाले रहेको निष्कर्ष निकालेको हो। 

एमाले दोस्रो विधान अधिवेशन र एघारौँ राष्ट्रिय महाधिवेशनको संघारमा रहेको उल्लेख गर्दै नेता, कार्यकर्ता र जनताको पार्टीप्रति आकर्षण बढाउन, सिर्जनशिलता र लगनशिलताको विकास गराउन, संसदमा बहुमतसहित राष्ट्रको आमुल परिवर्तन गर्नसक्ने शक्ति बनाउन बौद्धिक परिषद्ले पार्टीका सबल र पार्टीभित्र सुधार गर्नुपर्ने पक्षहरू जनताबाट खोज अनुसन्धान गरी पार्टीमा वास्तविक अवस्थाको चित्रण गर्ने बताएको छ।

पत्रकार सम्मेलनका क्रममा बोल्दै प्रचार सचिव डा टीका ढकालले परिषद्ले दक्षिण एसियाली प्रगतिशील बुद्धिजीविहरुको सम्मेलन आयोजना गर्ने, बौद्धिक बहसलाई विस्तारित गर्ने योजना बनाएको बताइन्। 

उनकाअनुसार परिषद्ले नेपाल बौद्धिक परिषद्को सचिवालयमा १० सदस्य थप गरी १९ सदस्यीय गठन गरिएको छ। केन्द्रीय कमिटीमा ११ सदस्य थप गरिएको र सल्लाहकार परिषद् २४ जना मनोनयन गरिएको बताइन्। सचिवालय सचिवको जिम्मेवारी (विदेश) डा. ल्हाक्पा शेर्पा, कार्यालय सचिव शम्भू भट्टलाई दिइएको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad