राजनीति


प्रचण्डले संसदको रोस्ट्रमबाट सरकारबाट बाहिरिनुको पीडाबोध गरेर गएः एमाले

प्रचण्डले संसदको रोस्ट्रमबाट सरकारबाट बाहिरिनुको पीडाबोध गरेर गएः एमाले

नेपालखबर
असार ३०, २०८२ सोमबार १८:१५, काठमाडौँ

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलका प्रमुख पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारबाट बाहिरिनुको पीडा अझै नहटेको टिप्पणी गरेका छन्।

सोमबार संसद भवन परिसमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलालले अध्यक्ष दाहालले संसदको रोस्ट्रमबाट पीडाबोध गरेर गएको टिप्पणी गरे।

उनले अध्यक्ष दाहालको सम्बोधन पूर्वाग्रह र आक्रोशबाट प्रेरित भएको दाबी पनि गरे। उनले हाल वर्तमान संविधान र व्यवस्थालाई कमजोर पार्ने प्रवृत्ति सक्रिय भइरहेका बेला विपक्षी दलका नेताले सरकारको सकारत्मक कामको प्रशंसा र आवश्यक सुझाव दिनुपर्नेमा जोड दिए। 

उनले भने, ‘विपक्षी दलको नेता एवं पूर्वप्रधानमन्त्रीले जसरी आज संसदमा प्रस्तुती राख्नुभयो। त्यो असाध्यै चरम कुण्ठा र आक्रोशबाट बाहिर ननिस्किकन पूर्वाग्रह प्रेरित ढंगबाट अभिव्यक्तिहरु दिनुभयो। हरेका विषयहरूमा त्यस्तै भयो। संसदबाट एकदमै दुर्गन्धित सन्देश प्रवाह गर्ने मनसाय पनि उहाँले राख्नुभयो। यो एकदमै बेठिक शैली हो भन्ने लाग्छ।’

अध्यक्ष दाहालले आफूलाई मन नपर्ने सबैलाई बिचौलिया देखेको भन्दै उनले आपत्ति जनाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad