राजनीति


प्रचण्डमा सरकारबाट बाहिरिनुको पीडा अझै बाँकी छ : बर्तौला

प्रचण्डमा सरकारबाट बाहिरिनुको पीडा अझै बाँकी छ : बर्तौला

फाइल तस्बिर


नेपालखबर
असार ३०, २०८२ सोमबार १७:५२, काठमाडौँ

नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलका प्रमुख पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारबाट बाहिरिनुको पीडा अझै नहटेको टिप्पणी गरेका छन्।

सोमबार संसद् भवन परिसमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले संसद्को रोष्ट्रमबाट पीडावोध गरेर गएको टिप्पणी गरेको उल्लेख गरे। प्रचण्डको सम्बोधन पूर्वाग्रह र आक्रोशबाट प्रेरित भएको समेत बर्तौलाको आरोप छ।

‘विपक्षी दलको नेता एवं पूर्वप्रधानमन्त्रीले जसरी आज संसद्‍मा प्रस्तुती राख्नुभयो, त्यो असाध्यै चरम कुण्ठा र आक्रोशबाट बाहिर ननिस्किकन पूर्वाग्रह प्रेरित ढंगबाट अभिव्यक्तिहरु दिनुभयो,’ बर्तौलाले भने, ‘हरेका विषयहरुमा त्यस्तै भयो। संसद्‍बाट एकदमै दुर्गन्धित सन्देश प्रवाह गर्ने मनसाय पनि उहाँले राख्नुभयो। यो एकदमै बेठिक शैली हो भन्ने लाग्छ।’

प्रचण्डले आफूलाई मन नपर्ने सबैलाई बिचौलिया देखेको भन्दै उनले आपत्ति समेत जनाए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad