राजनीति


विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड

नेपालखबर
असार ३०, २०८२ सोमबार १४:८, काठमाडौँ

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै सरकारले तत्काल विपद् प्रतिकार्यलाई सशक्त बनाउनुपर्नेमा जोड दिएका छन्।  

सम्बोधनको सुरुवातमा उनले राष्ट्रिय स्वाधिनता र संघीय लोकतान्त्रिक गणतन्त्रका लागि प्राण उत्सर्ग गर्ने सहिद, वेपत्ता तथा घाइते योद्धाप्रति श्रद्धा र सम्मान प्रकट गरे। रसुवालगायत देशका विभिन्न क्षेत्रमा बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको उल्लेख गर्दै प्रचण्डले नेपालको हिमाली क्षेत्र जलवायु संकटको विस्फोटक केन्द्रजस्तो बन्दै गएको प्रति चिन्ता व्यक्त गरे। 

उनले हिमताल फुटेर आउने बाढी, नदी थुनिएर जलप्रवाह बढ्ने अवस्था र हिमाली पर्यावरणको जोखिम न्यूनीकरणका लागि अन्तर्देशीय सूचना प्रणाली र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए।  

गतवर्ष राजधानीमै चार घण्टा उद्धार नपाएर नागरिकको मृत्यु भएको घटनालाई स्मरण गर्दै यस वर्ष थप क्षति हुन नदिन सरकारलाई गम्भीर तयारीमा जुट्न आग्रह गरे।

'विपद् व्यवस्थापन सामूहिक जिम्मेवारी हो,' प्रचण्डले भने, 'हाम्रो पार्टी, माओवादी केन्द्र, वाइसिएल र जनवर्गीय संगठनहरू प्रभावित क्षेत्रमा सक्रिय छन्।'  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad