राजनीति


एक वर्ष बित्यो, अर्को एक वर्ष प्रधानमन्त्री हुन्छु : ओली

एक वर्ष बित्यो, अर्को एक वर्ष प्रधानमन्त्री हुन्छु : ओली

नेपालखबर
असार २८, २०८२ शनिबार २०:२०, झापा

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सत्ता सहयात्रा ढुक्कले चुनावसम्मै जाने बताएका छन्। 

शनिबार झापाको कनकाइ नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गर्दै ठूलो परिवर्तनका लागि सरकारले काम गरिरहेको स्पष्ट पारे।

‘यो सरकार ढल्छ ढल्छ भनेर कराउनेहरु कराउन्, सरकारको एक वर्ष बित्यो,’ ओलीले भने, ‘अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु। त्यसपछि हाम्रो सहमति बमोजिम नेपाली कांग्रेसका सभापति एवं मेरो लामो लोकतान्त्रिक आन्दोलनका सहयात्री शेरबहादुर देउवालाई हस्तान्तरण गरिनेछ।’ 

उनले थपे, ‘चुनावसम्म यो यात्रा जारी रहन्छ। म साथीहरूलाई ढुक्कले अघि बढ्न आग्रह गर्छु।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad