राजनीति


रास्वपाले बालबालिकालाई पार्टी सदस्य बनाएकोमा कांग्रेसको प्रश्न: रास्वपा संविधान भन्दा माथि हो?

रास्वपाले बालबालिकालाई पार्टी सदस्य बनाएकोमा कांग्रेसको प्रश्न: रास्वपा संविधान भन्दा माथि हो?

नेपालखबर
असार १४, २०८३ आइतबार ११:४७, काठमाडौँ

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालबालिकाहरूलाई पार्टी सदस्य बनाएकोप्रति कांग्रेसले संसद्‍मा प्रश्न उठाएको छ। 

प्रतिनिधि सभाको आज बैठक सुरु हुनासाथ कांग्रेस सांसद रेनुका काउँचाले रास्वपाको भर्खरै सम्पन्न महाधिवेशनमा ३५ हजार भन्दा धेरै सदस्य बालबालिका रहेको तथ्यप्रति साभामुखको ध्यानाकरर्षण गराएकी हुन्। 

‘रास्वपाको महाधिवेशनमा सार्वजनिक भएको तथ्यांकले १८ वर्षभन्दा मुनीका ३५ हजार भन्दा धेरै बालबालिका सो पार्टीको सदस्य रहेको देखिन्छ,’ उनले भनिन्, ‘हाम्रो संविधानले बालबालिकालाई पार्टी सदस्य बनाउन बन्देज गरेको छ। १८ वर्षभन्दा मुनीका बालबालिकालाई पार्टी सदस्य र राजनीतिक गतिविधिमा सहभागी गराए ८० हजार जरिवाना र ३ वर्ष कैद हुने व्यवस्था छ। के रास्वपा संविधान भन्दा माथि हो?’

उनले कुनै पनि बालबालिकालाई राजनीतिक उद्देश्यमा प्रयोग गर्न नपाइने संवैधानिक र कानुनी व्यवस्थाको ख्याल गर्न सरकारको ध्यानाकर्षण गराइन्। 

‘बालबालिकाको मतको भर्‍याङ चढेर रास्वपामा भर्खरै धेरै नेताहरू निर्वाचित हुनु भएको छ,’ उनले भनिन्, ‘विद्यार्थीले राजनीतिक गर्न नहुने भन्दै स्ववियू खारेज गर्ने तयारीमा रहेको सरकारले यसप्रति ध्यान देओस्।’ 

आजको संसद् बैठक सुरु हुनासाथ राप्रपाका ज्ञानेन्द्र शाहीबाहेक विपक्षी दलका सांसद्ले उठेर विरोध जनाएका थिए। 

त्यसपछि सभामुख डीपी अर्यालले विपक्षी दलका सांसद्लाई बोल्न समय दिएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad