राजनीति


देश आलोचनात्मक चेतबाट आक्रान्त भइसक्यो: प्रधानमन्त्री ओली

देश आलोचनात्मक चेतबाट आक्रान्त भइसक्यो: प्रधानमन्त्री ओली

नेपालखबर
असार २७, २०८२ शुक्रबार १३:१२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले देश आलोचनात्मक चेतबाट आक्रान्त भइसकेको बताएका छन्।

शुक्रबार विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीतिको सार्वजनिककरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अब आलोचनात्मक चेत नभइ विश्वलेषणात्मक चेतको जरुरी रहेको बताए। 

उनले जे कुरामा पनि आलोचना नभइ रचनात्मक सुझाव जरुरी रहेको बताए। अब आलोचनात्मक चेतबाट रचनात्मक टिप्पणीतिर जान जरुरी रहेको उनको भनाइ छ। 

विश्लेषण गरेपछि राम्रो र नराम्रो छुट्याउन सकिने भन्दै कमजोरी भएका ठाउँहरु देखाउन जरुरी रहेको पनि ओलीले बताए। 

‘आलोचनात्मक चेत होइन, विश्लेषणात्मक चेत चाहिन्छ हामीलाई। आलोचनात्मक चेतले आक्रान्त भइसक्यो देश। जेमा पनि आलोचना, रचनात्मक सुझाव आवश्यक छ,' उनले भने, 'रचनात्मक टिप्पणी जरुरी छ। विश्लेषण गरेपछि राम्रो र नराम्रो छुट्याउन सकिन्छ। यहाँनेर कमजोरी भयो भनेर देखाउन सकिन्छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad