समाज


मोटरसाइकल र कारको ठक्करबाट २ जनाको मृत्यु, २ घाइते

मोटरसाइकल र कारको ठक्करबाट २ जनाको मृत्यु, २ घाइते

नेपालखबर
असार २७, २०८२ शुक्रबार १३:१३, काठमाडौँ

सिराहा र चितवनमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। 

सिरहा नगरपालिका-१७ मा बीआर ३२ वाई ३९९१ नम्बरको कारको ठक्करबाट साइकलयात्री भारत जयनगर थाना बेलापूर्वी पञ्चायत-७ बस्ने ४० वर्षीय प्रमेश्वर यादवको शुक्रबार बिहान मृत्यु भएको हो। 

कारको ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरि चितवनको राप्ती नगरपालिका-२ गढ्यौलीमा ना. ६४ प २९४२ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकलमा सवार सोही नगरपालिका-२ बस्ने १५ वर्षीय सोहन तामाङको मृत्यु भएको प्रहरीले जनाएकाे छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हाे। 

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र साइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad