राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले बैंकर र व्यवसायी छुट्टाउने भए कुलिङ पिरियड राखिनुपर्ने बताएकी छिन्।
अर्थ समितिमा बिहीबार भएको बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै उनले ३ वर्षको कुलिङ पिरियड अनिवार्य राख्नुपर्ने बताइन्।
‘सबैको चासो बैंकर र व्यवसायी छुट्टाउनेमा छ,’ गौतमले भनिन्, ‘यदी छुट्याउने हो भने ३ वर्षको समय दिनुपर्छ। जसबाट उद्योगी, व्यवसायीहरुले सम्पत्ति व्यवस्थापन गर्न सकुन्।’
उनका अनुसार बैंकर र व्यवसायी छुट्टाउँदा स्वार्थको द्वन्द्व अन्त्य हुनसक्छ।
654
Shares

प्रतिक्रिया