कारोबार


बोटलर्स नेपाल तराईको सीईओमा भारतका अजय कोनाले

बोटलर्स नेपाल तराईको सीईओमा भारतका अजय कोनाले

नेपालखबर
असार २६, २०८२ बिहिबार ११:४०, काठमाडौँ

बोटलर्स नेपाल तराई लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। 

कम्पनीको बुधबार सम्पन्न सञ्चालक समिति बैठकले भारतीय नागरिक अजय चाणबासप्पा कोनालेलाई सीईओ नियुक्त गरेको हो। 

त्यसैगरी बोटलर्स नेपालको बोर्ड बैठकबाट कोनाले कम्पनीको निर्देशक नियुक्त भएका छन्। उनी रेडविन एनटोनियो दुवेको स्थानमा आएका हुन्।

कोनाले बोटलर्स नेपाल लिमिटेडको प्रबन्धनिर्देशक समेत नियुक्त भएका छन्। बुधबारकै बोर्ड बैठकबाट उनले सो जिम्मेवारी पाएका हुन्। 

त्यस्तै बोर्ड बैठकले स्वतन्त्र सदस्य किशोरकुमार महर्जनको राजीनामा समेत स्वीकृत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad