राजनीति


सोविता गौतमको दाबी– प्रधानमन्त्रीसँग स्पेनको कार्यक्रममा गएका फर्किएनन्

सोविता गौतमको दाबी– प्रधानमन्त्रीसँग स्पेनको कार्यक्रममा गएका फर्किएनन्

फाइल तस्बिर


नेपालखबर
असार २४, २०८२ मंगलबार १४:१६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै स्पेन भ्रमणमा गएकाहरू नेपाल नफर्किएको दाबी गरेकी छिन्। 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै यो गम्भीर विषय भएको समेत बताइन्।  ‘स्वयं प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत सहभागी हुने बाहानामा गएर नफर्किएको भन्ने समाचारहरू पनि आइरहेका छन्,’ गौतमले भनिन्, ‘यसमा व्यक्ति विषेश हाम्रो केही आरोप छैन। तर यो अत्यन्तै गम्भीर विषय हो।’ 

उनले भिजिट भिसा प्रकरणमा सरकारले स्वार्थ बाझिने र अनउपयुक्त पात्रको नेतृत्वमा आफू मातहतकै कनिष्ठ कर्मचारी सम्मिलित टालटुले प्रशासनिक समिति बनाएको समेत आरोप लगाइन्।

‘सरकारले नेपाली जनताको ज्युधन र अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि जोडिएको यस्तो गम्भीरु विषयमा पनि उच्चस्तरीय छानबिन समिति नबनाएर स्वार्थ बाझिने र अनउपयुक्त पात्रको नेतृत्वमा आफू मातहतकै आफूभन्दा कनिष्ट कर्मचारी सम्मिलित एउटा टालटुले प्रशासनिक समिति बनाएको विषयमा हाम्रो खेद र आपत्ति छ,’ गौतमले भनिन्, ‘हाम्रो हिजो पनि र आज पनि एउटै छ। उच्चस्तरीय छानबिन आयोग जसरी पनि बन्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad